no comments

पोखरामा एक घरमा आगलागी

पोखरा, १५ कात्तिक / शनिबार बिहान ४ बजे पोखरा महानगरपालिका १९ पुरन्चौर स्थित सिता गौतमको १ तले टिनको छानो भएको कच्चि घरमा आगलागि भएको छ ।

आगलागीबाट डेरा गरि बस्ने गोरखा घर भएको शेर बहादुर गुरुङले डेरा कोठामा चुरोट सल्काउने क्रममा ग्यास लिक हुदाँ आगलागी भएको हो ।

आगलागीबाट ५४ बर्षीय शेरबहादुर गुरुङ, उनकी श्रीमति ४५ बर्षीय देउ कुमारी गुरुङ, छोरा १५ वर्षीय कृष्ण गुरुङ र शेर बहादुर गुरुङको भाईको छोरा वर्ष ३७ को मन बहादुर गुरुङ घाइते भएका छन् । उनीको अवस्था सामान्य छ ।

आगलागी हुँदा घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा उपचार भएको छ । प्रहरी टोलिले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese