no comments

कास्की सहित १४ जिल्ला कोरोना अति प्रभावित जिल्ला, विद्यालय नजान आग्रह

पोखरा, ३ बैशाख/ स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण बढेपछि कास्की सहित १४ जिल्ला कोरोना अति प्रभावित जिल्लामा वर्कीकरण गरेको छ ।

मन्त्रालयले १४ वटा जिल्लाका विद्यालय नजान आग्रह गरेको छ । मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्ला वर्गीकरण गरेर ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यका सहित भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, मोरङ, दाङ, सुर्खेत, बारा, चितवन, बाँके, पर्सा, कैलाली, बागलुङलाई कोरोनाको प्रभावित जिल्लाको वर्गीकरण गरेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर तीव्र रुपमा बढेकोले मन्त्रालयले सबै अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन गरी कोभिड–१९ को परीक्षणका लागि नमूना संकलन गर्न पनि निर्देशन दिएको छ ।

मन्त्रालयले सिनेमा हल, नाचघर, पार्टी प्यालेस, सपिङ मल, हेल्थ क्लब, स्वीमिङ पुल लगायत भिडभाड हुने क्षेत्रहरु सञ्चालन नगर्नुका साथै सर्वसाधारणलाई पनि सहभागि नहुन आग्रह गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese