no comments

सरकार गठनमा देउवाको उदाशीनता रहस्यमयः पौडेल, हिमनिधि लौडारी सम्मानीत

पोखरा, ३ चैत / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाको उदाशीनता रहस्यमय भएको टिप्पणी गरेका छन् ।

पोखरामा मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले अहिलेको राजनीतिक अवस्थामा कांग्रेस अनिर्णय र ढुलमुले अवस्थामा नेतृत्व रहन नहुने समेत बताए । उनले भने, ‘अब कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्छ ।’

नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै उनले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई खेलमैदानको रुपमा प्रयोग गर्न खोजिएको दाबी गरे । तसर्थ उनले नेपालको राजनीति अरुको हातमा नभई नेपालको दलको हातमा हुनुपर्छ भने ।

लोकतन्त्र र संविधानको रक्षाका लागि अधिनायकवादसँग लड्नुपरेको उनले बताए ।

केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर मुलुकलाई अधिनायकवादतर्फ धकेलेर नेपालको राजनीतिक अनिर्णीतको बन्दी बनेको समेत बताए ।

लोकतन्त्र अभावमा म्यानमारमा मानवताविरुद्ध भएको सैनिक दमन भएको र सोको क्रियाकलापको सर्वत्र विरोध गर्नुपर्ने नेता पौडेलले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता शुक्रराज शर्माले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्न नेतृत्वलाई सुझाव दिएका छन् । कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सुझाव दिए ।

पूर्व मन्त्री यज्ञबहादुर थापा, गण्डकी प्रदेशसभा लेखा समिति सभापति कुमार खड्का, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पूर्णप्रसाद÷मायादेवी प्रतिष्ठानका अध्यक्ष भोला बराल, नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, सम्मानित व्यक्तित्व हिमनिधि लौडारी लगायतले बोलेका थिए ।

प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेल लगायतले बोलेका थिए ।

 

हिमनिधि पुरस्कृत

नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिएको हो ।

पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित कांग्रेस वरिष्ठ नेता पौडेलले उनलाई पुरस्कृत गरे ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष लौडारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । छनोट समिति सदस्यमा भोला बराल, कुशल बराल, बिमला भण्डारी तथा पदेनसदस्यमा युनियन अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल थिए ।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकारिता, शान्ति र मानव कल्याणको क्षेत्रका सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै पत्रकार लौडारीलाई पुरस्कृत गरिएको हो । २ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील उनी हाल हिमदूत दैनिक र रेडियो तरंगमा आबद्ध छन् ।

यसअघि सो पुरस्कार पोखराका पत्रकार राजबहादुर गुरुङलाई अर्पण गरिएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese