no comments

अन्नपूर्ण फस्ट हिमाल आरोहणको तयारीमा पूर्णिमा श्रेष्ठ, गण्डकी प्रदेश सरकारको सहयोग

पोखरा, ७ चैत/ सगरमाथा सहित तीन वटा हिमाल आरोहण गरी सकेकी पूर्णिमा श्रेष्ठ अन्नपूर्ण फस्ट हिमाल आरोहणका लागि निस्केकी छिन् ।

उनलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग हस्तान्तरण सहित नेपालको झण्डा दिएर विदाई गरेको छ । पत्रकार समेत रहेकी श्रेष्ठलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नगद ८ लाख सहित नेपालको झण्डा हस्तान्तरण गरे ।

श्रेष्ठले सगरमाथा सँगै मनास्लु लगायतका हिमालहरुको सफल आरोहण गरिसकेकी छिन् । सन् २०१७ मा सगरमाथा बेसक्याम्पमा एभरेष्ट म्याराथनको फोटो खिच्न गएपछि आफुलाई पनि हिमाल चढ्ने रहर जागेको बताइन् ।

सगरमाथा हिमाला चढ्नु अगाडी उनले मनास्लु र सगरमाथा चढेपछि ६ हजार ८ सय १२ मिटर उचाईको अमादब्लम चढिसकेकी छन् । उनले अन्नपूर्ण प्रथम आरोहण गरेर पहिलो नेपाली महिलाको रेर्कड राख्न चाहेको बताइन् ।

श्रेष्ठले सर्बोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी थिइन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी श्रेष्ठले पहिलो पटक सर्बोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेकी थिइन् ।

TechSansar.com - Technology Navigator website for Nepalese