no comments

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पोखरा, ५ माघ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । मुल्य बढे सगँ पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ ।

ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ । आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । मूल्य बृद्धि हुदाँ पनि अझै घाटा रहेको निगमले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese