no comments

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्धारा राजीनामा, नयाँ सरकार बनाउन ३ दिनको समय

पोखरा, २६ बैशाख/ अविश्वासको प्रस्ताव फेस गर्न छाडेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले आइतबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृत भइसकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । सोमबार प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानको कार्यसूची थियो । अविश्वासको प्रस्तावपछि पद जानेभएपछि उनले अघिल्लो दिनै राजीनामा बुझाए जानकारहरु बताउ छन् ।

मुख्यमन्त्री गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकारका लागि प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख छ ।

TechSansar.com - Technology Navigator website for Nepalese