no comments

पोखरामा वर्षाले इतिहास रच्यो, पोखरामा अहिले सम्म कै बढि वर्षा

सागर राज तिमिल्सिना
पोखरा, १२ असोज /पोखरामा यस वर्ष अहिले सम्म कै बढि वर्षा भएको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार पोखरामा यस वर्ष अहिले सम्मकै बढि वर्षा भएको जानकारी दिएको हो ।

पोखराको वर्षभरिमा ३ हजार देखि ३ हजार २ सय मिलिमिटर वर्षालाई औषत मानिन्छ । तर मनसुन जारी रहदाँ पोखरामा सोमबार सम्म ५ हजार ३ सय ५८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराका सुचना अधिकारी सागर मिश्रले जानकारी दिए ।

पोखरामा सन् १९९८ मा सबैभन्दा बढी ४ हजार ८ सय ७९ मिलिमिटर वर्षा मापन भएको थियो । पोखरामा सन् १९७० देखी अथात् ५० वर्ष अगाडीबाट बर्षा तथ्यांक राख्न थालिएको उनले बताए । उनले ५० वर्ष यता कै सबै भन्दै धेरै वर्षा यस वर्ष मापन भएको बताए ।

पछिल्लो समय पोखरामा दिनहुँजसो भीषण वर्षा भईरहेको छ । उनका अनुसार यो वर्ष अघिल्ला महिना पनि पोखरामा औषतमा पानी परिरहेको थियो । गत अगष्ट महिनामा पोखरामा ८ सय ६५ मिलिमिटर वर्षा भएको थियो। पोखरामा अगष्टको वर्षाको औषत ८६६ मिलिमिटर हो । यो वर्ष अघिल्ला वर्ष भन्दा हरेक महिनाजसो बढी वर्षा भईरहेको उनले बताए ।

दिनहुँजसो भीषण वर्षा भएपछि यहाँका सडक, बाटोघाटोमा क्षति पुगेको छ । नेपालको सबै भन्दा बढि पानी पर्ने ठाउँ भनेर चिनिने लुम्लेमा भने औषत वर्षा भएको छ । लुम्लेमा सन् १९९५ मा ६ हजार ५ सय ५६ मिलिमिटर वर्षा भएको थियो भने यस वर्ष अहिले सम्म ५ हजार ९ सय ९७ मिलिमिटर वर्षा भएको मिश्रले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese