no comments

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, नयाँ बजेटमा के–के आयो ? बुँदामा

पोखरा, १५ जेठ/ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ ।

राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गदा पनि नपुग हुने २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने पौडेलले बजेट भाषणका क्रममा बताए ।

नयाँ बजेटमा के–के आयो ?

मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थमा कर बढाइयो

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

पोखरा विमानस्थलका लागि ८ अर्ब बजेट

प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।

वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।

खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।

अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने ।

युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने ।

विद्यार्थीलाई निशुल्क सिमकार्ड । सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने ।

सरकारी कर्मचारीलाई १० दिन भ्रमण विदा दिइने ।

महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन ।

गरीबसँग विश्वेश्वर कार्यक्रम यथावत, गरिवी निवारण कोष खारेज ।

दिगो वन व्यवस्थापन सञ्चालन गरिने ।

३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब बिनियोजन ।

उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन ।

दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने । गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने ।

कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड विनियोजन ।

वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन,सडकका किनारामा फलफूलका विरुवा रोपिने ।

सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने ।

पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने ।

आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र विक्री वितरण गर्न नपाइने ।

काठमाडौंमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र स्थापना गरिने ।

२०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गर्ने ।

पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट विनियोजन । यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब ३५ करोड बढी हो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने ।

साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट ।

सुकेटारलाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गरिने

सरकारले सुकेटार विमानस्थलाई पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने घोषणा गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विमानस्थलको नामाकरण रवीन्द्र अधिकारीको नामबाट गर्ने बताएका छन् ।

त्यस्ते ताप्लेजुङको चुहान डाँडामा निर्माण हुने विमानस्थलको नामाकरण स्वर्गीय आङछिरिङ शेर्पाको नामबाट राखिने भएको छ । अधिकारी र शेर्पाको २०७५ सालमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अवलोकनका लागि गएको बेला हेलिकप्टर दुर्घटना परि मृत्यु भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese