no comments

गण्डकीका नवनियुक्त प्रदेश प्रमुख गुरुङद्वारा पदबहाली

पोखरा, १८ साउन/ गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज पदबहाली गरेका छन् । पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहकाबीच उनले पदबहाली गरे ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालीले ६/७ दशकदेखि लोकतन्त्रका लागि संघर्ष गरेको बताउँदै यसको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको कर्तव्य भएको बताए ।

प्रदेश प्रमुख गुरुङलाई स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका लागि दशकौंदेखि संघर्षरत व्यक्तिलाई प्रदेश प्रमुखको रुपमा पाइएको बताए ।

सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा जुटिरहेका अवस्थामा प्रदेश प्रमुख गुरुङको उपस्थिति गौरवपूर्ण भएको उनको भनाई छ ।

पदबहाली कार्यक्रममा मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ सुरक्षा अधिकारी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मीको उपस्थिति थियो ।

 

TechSansar.com - Technology Navigator website for Nepalese