no comments

कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम

पोखरा, २४ फागुन/ कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्लामा रहेका बेथितीलाई अन्त्य गर्न सबैको सहयोगको आवश्यकता रहेको बताएका छन् ।

आइतबार पत्रकारहरु सगँ कुराकानी गर्दै उनले सबै खाले बेथिती अन्य गर्न सबैका जनाको सहयोगको आवश्यकता रहेको बताए ।

उनले आफ्नो वरपर भएका बेथिती र गैरकानुनी काम भएको जानकारी पाए आफुलाई खबर गर्न आग्रह गरे । गौतम यसअघि गृहमन्त्रालय सिंहदरवारमा कार्यरत थिए ।

जिल्ला प्रसासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको सरुवा भएपछि गौतम आएका हुन् ।

कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र गुरुदत्त ढकालले कास्कीका बारेमा जानकारी गराएका थिए ।

कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र गुरुदत्त ढकाल ।

कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र गुरुदत्त ढकाल ।

TechSansar.com - Technology Navigator website for Nepalese