no comments

पोखरामा दुई जनाको मृत्यु

पोखरा, ७ कात्तिक / पोखरामा भारत आन्द्रा प्रदेश घर भई काठमाण्डौ स्यमम्भु स्थित डेरा गरि बस्ने मनमोहन मेडिकल कलेज काठमाण्डौमा अध्ययन एक विद्यार्र्थीको मृत्यु भएको छ ।

२५ बर्षिय किशोर कुमार साथीहरुसँग पोखरा घुम्न आएका उनकै मृत्यु भएको हो । बिहीबार बिरामी भई साथीहरुले उपचारको लागि चरक अस्पताल पोखरा लगेकोमा थिए । उनलाई अस्पतालका चिकित्सकले मृतक घोषणा गरेका थिए ।

मृतकले नशालु पदार्थ सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

त्यसै गरी शुक्रबार पोखरा महानगरपालिका १५ खहरे भन्ने स्थानमा खहरे भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ । पोखरा १५ टुटुङ्गा बस्ने २३ बर्षिय साजन परियार भिरबाट खसेर मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese