no comments

पोखरामा हावाहुरी चल्दा रुख ढल्यो, दुई जना घाइते, सवारीमा क्षती

पोखरा, ३१ चैत / पोखरामा मंगलबार करिब ५ बजे तिर पानी सहित आएको हावाहुरीले रुख भाचिदा दुई जना घाइते भएका छन् भने करिब आधा दर्जन सवारी साधनमा क्षति पुगेको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।

हावाहुरीसँगै परेको पानीले पोखरा ११ रानीपौवामा एक रुख ढल्दा जिप, ट्याक्सी र मोटरसाइकलमा क्षति भएको हो ।

नेपाली सेनाको ब्यारेक र शोभाभगवती मन्दिर नजिक रुख सवारी आवागमन भई रहेका बेला ढलेको हो ।

 

TechSansar.com - Technology Navigator website for Nepalese