no comments

पोखरामा तनहुुँको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित परिवारमा कोरोना

पोखरा, २२ साउन / पोखरा महानगरपालिका ८ मा बिहीबार ४ जनामा कोरोना संक्रमणको भएको पुष्टि भयो ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका परिवारका चार सदस्यलाई कोरोना संक्रमण देखिएको हो । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि उनी घर मै आइसोलेसनमा बस्दै आएका थिए । उनका ८२ वर्षे बुवा, ७२ वर्षे आमा, र १४ र ७ वर्षका छोरा छन् । उनकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । अधिकृतलाई कोरोना देखिपछि उनको कन्ट्याक ट्रेसिङ गर्दा कोरोना पुष्टि भएको हो ।

अधिकृतले केही दिन पहिले काठमाण्डौंमा आमाको मुटुको अपेसन गरेर ल्याएका थिए । त्यस बेला उनलाई कोरोना लागेको हुन सक्ने स्रोतको भनाई छ । अहिले पनि उनी घरमै सेल्फ आइसोलेसनमा छन् ।

उनीहरु मध्ये आमा विरामी र बाबु बुद्ध भएका कारण अस्पतालको आइसोलेसनमा लैजाने तयारी छ भने अन्य घर मै आइसोलेसन बस्ने छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese