no comments

टाइगर कप भलिबलमा न्यु डायमण्ड एकेडेमीसँग पुलिस पराजित

पोखरा, २९ माघ/ पोखरामा जारी टाइगरकप भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यु डायमण्ड एकेडेमीले उपाधिको बलियो दावेदारी देखाएको छ ।

प्रतिस्पर्धात्मक खेलमा डायमण्डले २७–२५, २९–३१, २७–२५ र २५–१६ मा पुलिसलाई हराउदै उपाधि यात्रा बलियो बनायो ।

शसस्त्र प्रहरी बलसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुदैं नेपाल आर्मी क्लब टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको महिला तर्फ उपाधि होडबाट बाहिरिएको छ ।

पुरुष तर्फको प्रतिस्पर्धामा भने विभागीय डर्बीको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बलमाथि ३–० को सोझो सेटको जितेको छ ।

गण्डकी प्रदेशसँग ३–१ सेटले पराजित भएको आर्मीले सशस्त्र प्रहरी बलमाथि सोझो सेटले पराजित गर्दै ३ अंक जोड्यो । शसस्त्र प्रहरीमाथि हावी भएको आर्मीले २५–२३, २५–२१ र २५–१८ ले हरायो ।

TechSansar.com - Technology Navigator website for Nepalese