no comments

पोखरामा निषेधाज्ञाको तेस्रो दिन पोखरा सुनसान

पोखरा, ४ भदौ / कास्की जिल्लामा जारी भएको निषेधाज्ञाको तेस्रो दिन पनि पोखरा सुनसान छ । शुक्रबार पोखरामा अत्यावश्यक सेवा बाहेकका सवारी साधन चलेका छैन भने मानिसहरुको आवतजावत पनि निकै कम छ ।

निषेधाज्ञाको कास्कीमा जनताहरुले उल्लेखनीय रुपमा साथ दिएको कास्की प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताए । उनल कोरोना संक्रमणको जोखिमबाट जोगिन सबै जनालाई निषेधाज्ञा पालना गर्न आग्रह गरे ।

बिनाकाम संचालन भएका केहि सवारी साधनलाई प्रहरीले स्थानमा होल्ड गराएर सचेत गरे फर्किएउने गरेका छन् । उनले कोरोनाको जोखिम कम गर्न प्रशासनले निषेधाज्ञा लागु गरेको बताउदै निषेधाज्ञा आफ्नै स्वास्थ्यको हितका लागि भएकाले सबैलाई अनिवार्य पालना गर्न आग्रह गरे ।

पोखराका मुख्य मुख्य चोकहरुमा चेक जाँच कडा बनाइएको र कास्की छिर्ने मुख्य मुख्य नाकाहरुमा कडाइ गरिई निषेधाज्ञालाई प्रभावकारी बनाइएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले बताए । पोखरामा निषेधाज्ञा तोड्ने अहिले सम्म १ सय ७० भन्दा बढि सवारीसाधन कारवाहीमा परेको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese