no comments

पोखरामा ३ जना सहित गण्डकी थप ५ जनामा कोरोना संक्रमण

पोखरा, १४ भदौ / गण्डकी प्रदेशमा आइतबार बिहान थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । कास्कीका ३ र नवलपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ का ३७ बर्षीय महिला र ५३ बर्षीय पुरुष, वडा नम्बर ८ का ३८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी नवलपुरको कावासोती र मध्यविन्दुका एक एक जना महिलामा कोरोना संक्रमण देखिएको हो । मध्यविन्दुकी २० बर्षीय महिला स्वास्थ्यकर्मी हुन् । उनी कलेज अफ मेडिकल साईन्समा कार्यरत छन् ।

उनलाई सोही कलेजको आइसोलेसनमा राखिएको छ भने अन्यलाई आईसोलेसन लैजाने तयारी भएको शर्माले जानकारी दिए । यो सगँ गण्डकी प्रदेशमा २ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस मध्ये १ हजार ६ सय ९३ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese