no comments

पोखरामा आयो सलह

पोखरा, २१ साउन / पोखरामा बुधबार सलह किरा भेटिएका छन् । कास्कीको प्रशासनिक भवन जिल्ला प्रशासन कार्यालय नजिकै, पोखराको फुलबारी र हेम्जामा सलह किरा देखिएको स्थानीयहरुले बताएका छन् ।

ठुलो संख्यामा आएको किसानहरुले बताएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।

‘हेमजाबाट एक जना किसानले फोन गर्नु भएको थियो,’ कडरियाले भने ‘ठुलो सख्यामा सलह आएको बताएका थिए ।’ कडरियाले म्यादी पर्वत तर्फ गएको सलहको बथान फर्किएको हुन सक्ने बताए ।

यस अगाडी असारमा पनि पोखराका विभिन्न ठाउँमा केही मात्रामा सलह देखिएको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese