no comments

पर्यटन व्यवसायीलाई खोप दिन पहल गर्छुः अर्थमन्त्री बराल

पोखरा १२, साउन/ गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि पाँच हजार खोप ब्यबस्थापन गर्ने वताउनुभएको छ ।

पोखराका पर्यटन व्यबसायीहरुले अर्थमन्त्री बराललाई मंगलवार मन्त्रालयमै भेटेर पाँच हजार खोप भए, पोखराको पर्यटन ब्यबसाय तँग्रिने जानकारी गराएका थिए । अर्थमन्त्री बरालले प्रदेश सरकारले खोप ब्यबस्थापन गर्न केन्द्र सरकारसँग पनि पहल हुने जानकारी पर्यटन व्यबसायीलाइ गराउनुभयो ।

पोखरा पर्यटन पर्यटन परिषदको नेतृत्वमा पोखराका अगुवा पर्यटनकर्मीहरु अर्थमन्त्रालय पुगेर अर्थ मन्त्री बराललाइ बधाइ दिदै व्यबसायिक जिवन रक्षा कोषबाट समस्यामा परेका ब्यबसायीलाइ राहत दिन आग्रह गरे ।

मन्त्री बरालले कोरोनाबाट थलिएको पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताए । उनले भने “ यतिवेला जनतासंग प्रत्यक्ष भेटघाटमा हामी व्यस्त भएका छौं जनताको आवश्यकताको आधारमा हामीले प्रथामिकता दिने छौं ।

”परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले आफुहरुलाई हाल पहिलो चरणमा होटल तथा रेष्टुरेण्ट सहितका मजदुर एवं व्यवसायीहरुलाई लक्षित गरी ५ हजार कोरोना बिरुद्धको खोप आवश्यक भएको बताए ।

गण्डकी प्रदेश सरकारले अघिल्लो बर्षमा ल्याएको एक अर्बको व्यवसायीक जीवन रक्षाकोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुचमा नभएको उनले दाबी गरे । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा व्याज आगामी २ बर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नभएकोले कर्जा तालीकालाई पुनतालीर्कीकरण गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन्।

नेपाल राष्ट्र बैंकले ल्याइने मौद्रिक नितीमा आगामी आर्थिक बर्ष २०७८/०७९ मा पर्यटन प्राथामिकता प्राप्त क्षेत्रको रुपमा संबोधन गरी हरेक बैंकले बढीमा ५ प्रतिशत ऋण सहुलियत व्याजदरमा पईटन उद्योगमा अनिवार्य लगानी गर्ने गरुी व्यबस्था मिलाउन समेत अनुरोध गरिएको भट्टराईले बताए ।

अग्रज पर्यटन व्यवसायी अग्नी कंडेल, वासी त्रिपाठी, टिकाराम सापकोटा लगायतले यो बर्ष करमा सहुलियत उपलब्ध गराउन सरकारसंग माग गरे । पदमार्ग संरक्षण गर्न र पर्यटकीय गन्तव्यहरुको संरक्षणमा ध्यान दिन समेत पर्यटन व्यवसायीहरुले माग गरे ।

 

TechSansar.com - Technology Navigator website for Nepalese