no comments

पोखरामा दुई तले घरमा आगोलागि, जलेर नष्ट

पोखरा, ३ पुष/ पोखरा महानगरपालिका ५ मदन मार्गको एक घरमा आगोलागि हुदाँ घर जलेर छ । अयोध्या बटाजुको ईट्टाले बनेको टिनले छाएको दुई तले कच्ची घरमा बिजय पुलामीले मगर हाउस होटल सञ्चालन गर्दै आएका थिए ।

शुक्रबार राती साढे ११ बजे आगोलागि हुदाँ घरमा रहेका सामानहरु जलेर नष्ट भएका छन् । पोखरा महानगरपालिका दुईवटा दमक, स्थानीय र प्रहरीको पहलमा आगोलागि नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

आगोलागिबाट होटलमा रहेका फर्निचर, काठपात तथा जिन्सि सामानहरु लगायत जलि क्षति भएको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese