no comments

पोखरामा थप ११ जनामा कोरोना संक्रमण, एकै दिन १५ जनामा संक्रमण

पोखरा, २७ साउन / गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार मात्रै गण्डकी प्रदेशमा २५ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ९ मा ६ जना र वडा नम्बर १९ मा ५ जनामा कोरोना देखीको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी स्याङजाको पुतलीबजारमा ६ जनामा कोरोना संक्रमण देखिएको उनले बताए । मंगलबार बिहान गण्डकीमा ८ जनामा कोरोना देखिएको थियो ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ४८ पुगेको छ । अहिले सम्म १ हजार ४ सय ९३ जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese