पोखरामा ५ जना सहित गण्डकी प्रदेशमा २० जनामा कोरोना पुष्टि
पोखरा, २२ साउन / गण्डकी प्रदेशमा बिहीबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगँ गण्डकी प्रदेशमा १ हजार ५ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकीका ६ जिल्ला गोरखाका ७ जना, कास्कीमा ५ जना, नवलपुरका ३ जना, स्याङजा र पर्वतमा २/२ जना, तनहुँ १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा भएको परीक्षणमा २० जनामा कोरोना देखिएको हो ।
गोरखाका पालुङटार, सिरानचोक, बारपाक सुलिकोटका एक/एक जना पुरुष र गोरखा नगरपालिका र पालुङटारमा १/१ जना महिला, नवलपुरका हुम्सेकोट ३ जना पुरुष, कास्कीको पोखरा महानगरपालिका ७ बर्षिया बालिका सहित ५ जनामा संक्रमाण देखिएको छ ।
त्यसै गरी पर्वतको कुश्मा ३० बर्षिय महिला, महाशिला ४० बर्षिय एक पुरुष, स्याङजाको फेदीखोलामा २ जना पुरुष र तनहुँको व्यास १ जना महिलामा कोरोना देखिएको हो ।
पोखरा महानगरपालिकामा अहिले सम्म १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा १ हजार ३ सय ६२ जना निको भएर घर फर्किएका भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।