no comments

टाइगर कप भलिबलमा पुरुष तर्फ एपीएफ र गण्डकी प्रदेश बिजयी

पोखरा, २८ माघ / पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा पुरुष तर्फ शसस्त्र प्रहरीको एपीएफ क्बल र गण्डकी प्रदेशले बुधबारका खेल जितेका छन् ।

पुरुष तर्फ एपिएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा र गण्डकी प्रदेशले नेपाली सेनाको आर्मी क्लबलाई ३–१ ले हरायो ।

टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत बुधबार पुरुषको दोस्रो खेलमा शसस्त्र प्रहरीले जित निकाल्न पाँचै सेट खेल्न पुग्यो । पहिलो दुई सेट लिएर जित्ने लक्ष्य बुनेको शसस्त्र भने तेस्रो र चौथो सेट गुमाएपछि खेल निर्णायक सेटमा पुगेको थियो ।

पहिलो सेट २७–२५ मा लिएको शसस्त्रले दोस्रो सेट २५–२० मा लिएर २–० को अग्रता लियो । तेस्रो सेट जितेर सोझो सेटको नजिता निकाल्ने योजनालाई नेपाल पुलिस क्लबले रोकिदियो । तेस्रो सेट नेपाल पुलिस क्लबले शसस्त्रलाई २५–१९ मा पन्छाउँदै खेलमा फर्कियो ।

चौथो सेट भने पुलिसलाई निकै सहज भयो । २५–९ मै हारपछि शसस्त्रले जित निकाल्न अन्तिम सेटसम्म कुर्नुपर्यो । अन्तिम तथा निर्णायक सेट भने १५–१० ले आफनो पक्षमा पार्दै शसस्त्रले जितको खुशी मनायो ।

बुधबार भएको पहिलो खेलमा नेपाल आर्मी विरुद्ध पुनरागमन गरेको गण्डकी प्रदेशले च्याम्पियनसिपमा ३–१ सेटको जित आत्मसात गर्दै तीन अंक जोडेको छ । गण्डकीले २२–२५, २५–१४, २५–१८ र २५–१७ सेटमा आर्मी सगँ खेलको नजिता आफ्नो पक्षमा परेको छ ।

महिला तर्फ बुधबार एक खेल मात्रै भयो । दुई विभागीय डर्बी नेपाल प्रहरी र शसस्त्र प्रहरी बिच खेल भइरहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese