no comments

पोखरा आउदै गरेको बसमा बेहोस भएकी महिलाको मृत्यु

पोखरा, ३ चैत/ पोखरा आउदै गरेको बसमा बेहोस भएकी संखुवासभाकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

काँकडभिट्टाबाट पोखरा आउँदै गरेको ग १ ख ९३६८ नम्रबको बसमा यात्राका क्रममा बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संखुवासभा सिद्वपोखरीकी जमुना राईको उपचारका क्रममा मृत्यु भएको हो ।

तनहुँको दमौली आइपुगेपछि बेहोस भएकी राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

४२ वर्षीय राई पोखरा–५ मा बस्दै ज्याला मजदूरीको काम गर्दै आएकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese