no comments

साहित्यकार तथा फिल्म निर्देशक चेतन कार्कीको निधन

पोखरा, २ जेठ/ साहित्यकार तथा फिल्म निर्देशक चेतन कार्कीको आइतबार निधन भएको छ । कार्कीको सैनिक अस्पताल काठमाडौंमा उपचार हुँदा हुँदै बिहान साढे १० बजे निधन भएको हो ।

कोरोनाका कारण ७ दिनअघि अस्पताल भर्ना भएका थिए । उनले ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

उनले लेखेको ‘तीजको रहर आयो बरिलै’, ‘छोरीको जन्म हारेको हर्क’ लगायतका गीत लोकप्रिय छन् । उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधान लगाएतले गाएका छन् ।

उनले विसं २०२५ सालमा फिल्म ‘परिवर्तन’को पटकथा संवाद लेखनबाट नेपाली फिल्म लेखनमा शुरुवात गरेका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese