no comments

गण्डकीको मन्त्रीमण्डल विस्तार, प्रदेशमा मन्त्रालय थप्ने तयारी

पोखरा, ५ जेठ/ गण्डकी प्रदेशको मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराइन् ।

मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुखले ४ जनालाई सपथ लिए । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सँगै थप ३ मन्त्रीले सपथ ग्रहण गरेका हुन् ।

रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिना विभागीय मन्त्रीका रुपमा सपथ लिए । मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने सपथमा सहभागी भएनन् । उनी काठमडौं भएकाले आउन नपाएका हुन् ।

वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गने पुन नियुक्त भएका थिए । कोरोनाले आइसोलेसनमै रहेका कारण मन्त्रीमण्डल विस्तारमा बिलम्ब भएको थियो ।

मन्त्रीमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने भएका छन् । सत्ता टिकाउनका लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने तयारी रहेको उनी स्रोतले बताउ छ । हाल प्रदेशमा ८ मन्त्रालय छन् ।

आजै बस्ने मन्त्रीपरिषद बैठकले मन्त्रालयको टुंगो लगाउने र जिम्मेवारी समेत बाँडफाँट गर्ने छ । यता आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगै बजेट अध्यादेशबाट नभई नियमीत प्रकृयाबाटै आउने बताए । बजेट गत वर्ष भन्दा सानो आकारको हुने र कोरोनालाई केन्द्रित गरी ल्याउने समेत बताए ।

 

 

 

 

 

 

 

 

 

TechSansar.com - Technology Navigator website for Nepalese