no comments

वर्षाले पोखराको महेन्द्रपुलमा भ्वाङ

पोखरा, ८ भदौ/ पोखरामा आइतबार साँझदेखि परिरहेको वर्षाल पोखरा ९ महेन्द्रपुल गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ ।

पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । जमिन भासिए पछि नजिकैका तीन घरपनि जोखिममा परेका छन् । नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आउने गर्दछ ।

त्यो भलले सडक समेत भत्काउने गरेको छ । पोखराका ढल प्रणालीले आकाशे पानीको भल थेग्न सक्दैन । अगाडि सडकको भाग शुरुमा भासिएको र पछि बढ्दै गएर गाडी पार्किङमा राखीएको ठाउँमा समेत भासिएको स्थानीयले बताए ।

प्रहरी, महानगरको टोली र विद्युत प्राधिकरण पोखरा मिलेर खाडल केही पुरेका छन् । महेन्द्रपुलमा बगेर आउने आकाशे पानीको भल गए राति नै तर्काइएको छ । राती भासिएको खाल्डो पुरिए पनि बिहानसम्म भासिएको ठाउँ बढ्दै गएको स्थानीयले बताएका छन्।

TechSansar.com - Technology Navigator website for Nepalese