no comments

पोखराका पूर्वमेयर गणेश शेरचनको निधन, सोमबार पोखरा महानगरपालिकामा शोक विदा

पोखरा, २२ फागुन/ पोखरा महानगरपालिकाले पूर्वमेयरको निधनको शोकमा फागुन २३ गते पोखरा महानगरपालिकाका अन्तरगतका सबै कार्यालय विदाको निर्णय गरेको छ । पोखराका पूर्वमेयर गणेश शेरचनको आइतबार निधन भएको हो ।

उनी ७८ वर्षका थिए । निधनमा पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु शोक विदाको रुपमा बन्द रहने शोध विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका शेरचन मधुमेह र मिर्गौलाको समस्याबाट पीडित थिए । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

पोखरा नगर पञ्चायतमा शेरचन २०३७ पछि प्रधानपञ्च भएका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाका पालामा शेरचन वाणिज्य सहायक मन्त्री भएका थिए ।

पोखराको अर्चलबोटका स्थायी बासिन्दा शेरचन प्रगतिशील विद्यार्थीका तर्फबाट पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति समेत भएका थिए । शेरचनले २०२७–२०२८ सालमा आह्वान साप्ताहिक प्रकाशन–सम्पादन गरेका थिए ।

कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालमा महामन्त्री समेत रहेका शेरचन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा सुदूर पश्चिमाञ्चलको क्षेत्रीय प्रशासक भएका थिए । शेरचनका एक श्रीमती, ३ छोरा र १ छोरी छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese