no comments

पोखराको लेकसाइडमा १ जना सहित पोखरामा २ जनामा कोरोना पुष्टि

पोखरा, २८ साउन / पोखरा महानगरपालिकामा बुधबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । यो सगँ पोेखरा महानगरपालिकामा कोरोना सक्रमितको सख्या १ सय ६६ पुगेको छ ।

पोखरामा मंगलबार मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको थियो । बुधबार पोखरा ६ लेकसाइडका २३ बर्षिय पुरुष र वडा नम्बर १६ का ५४ बर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरामा अहिले सम्म १ सय ६६ जनामा कोरोना पुष्टि भएको छ भने तीमध्ये १ सय ७ संक्रमित निको भएर घर फर्किसकेका छन् । एक जनाको मृत्यु भएको छ । त्यसै गरी गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese