no comments

कास्कीमा मंगलबार देखी लकडाउन

पोखरा, १९ वैशाख/ जिल्ला प्रशासन कार्यालय कास्कीले कास्की जिल्लामा मंगलबारदेखी लकडाउन घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा बैशाख २१ गते विहान ५ बजेदेखी ३१ गते राती १२ बजे सम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तरकारी तथा फलफूल, खाद्यान्न, औषधि लगायतका बाहेकका पसलहरु बन्द गर्न भनिएको छ ।यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने आदेशमा उल्लेख छ ।

आइतबार सम्पन्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको हो । यसअघिको निषेधाज्ञामा जोर विजोर प्रणालीमा सवारी साधन चलाउन पाइए पनि अबको निषेधाज्ञामा नपाइने प्रशासनले जनाएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्रबैंकको निर्देशन अनुसार सञ्चालन हुने, पत्रकारहरुले सूचना विभाग तथा नेपाल पत्रकार महासंघको परिचय पत्रवाहकलाई छुट दिने र अत्यावश्यक सबै सवारीलाई सञ्चालन गर्न दिइने भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese