no comments

पोखरा घरको छतबाट लडी एक जनाको मृत्यु

पोखरा, २१ माघ/ पोखरा महानगरपालिका ५ पर्स्याङ बस्ने वर्ष ५५ को भुपाल रेग्मी आफ्नै घरको तेस्रो तल्ला माथिबाट खस्दा मृत्यु भएको छ ।

माघ १८ गते घरबाट खसेका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा सोही दिन फेवासिटी अस्पताल रिफर गरी उपचार भइरहेको थियो ।

उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोली खटि गई घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese