no comments

पोखरामा होम आइसोलेसनमा स्वास्थ्य समस्या परे डाक्टरलाई फोन गर्नु होस्

पोखरा, ३ असोज / पोखरामा महानगरपालिका भित्र १ सय भन्दाबढि होमआइसोलेसनमा छन् ।

पोखरा महानगरपालिका भित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई कुनै स्वास्थ्य समस्या परेमा डाक्टरहरुलाई फोन गरेर उपचारका लागि परार्मश लिन सकिने स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेकहरुलाई समस्या परेमा जुनसुकै समयमा पनि सेवा दिने गरि पोखरा महानगरपालिकाको वडा गत रुपमा डाक्टरहरुको व्यबस्थापन गरी टेलिफोन नम्बर समेत सार्वजनीक गरेको छ ।

एउटा डाक्टरले ४/५ वटा वडामा परार्मश दिने छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese