no comments

कास्कीमा मंगलबार रातिदेखि ५ दिनलाई निषेधाज्ञा (के के चल्ने के के नचल्ने सहित)

पोखरा, २ भदौ/ जिल्ला प्रशासन कार्यालय कास्कीले कास्की जिल्लामा ५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

पोखरा महानगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीलाई ५ दिनका लागि निषेधाज्ञा जारी गर्न पोखरा महानगरपालिकाले सिफारिस गरेका थियो ।

पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सोमबार सिफारिस गरेको थियो ।

मंगलबार बिहान जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको जिल्ला संकट व्यवस्थपान समिति कास्कीले भदौ ७ गते सम्म कास्की जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मंगलबार राति १२ बजे देखी भदौ ७ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा गरेका कास्की प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

पोखरामा निरन्तर संक्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो । बैठकले लकडाउन गर्न सुझाएको थियो । सोमबार कास्कीको रुपा गाउँपालिका र माछापुच्छे गाउँपालिकाले पनि गाउँपालिका भित्र प्रबेश गर्न निषेध गर्दै विज्ञप्ती जारी गरेका थिए ।

कास्कीमा मंगलबार रातिदेखि ५ दिनलाई निषेधाज्ञा के के चल्ने के के नचल्ने सहित

कास्कीमा मंगलबार रातिदेखि ५ दिनलाई निषेधाज्ञा के के चल्ने के के नचल्ने सहित

TechSansar.com - Technology Navigator website for Nepalese