no comments

पोखरामा कारले पैदलयात्रीलाई ठक्कर दिदा एकको मृत्यु, छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

पोखरा, १ कात्तिक/ कास्कीको पोखरा २५ हेम्जा, चितवन, ईलाम, सुनसरी, र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

कास्की, पोखरा महानगरपालिका २५ हेम्जा शान्ति चोकमा ग३ च ४९२२ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने म्याग्दी घर भएका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी चितवन, भरतपुर महानगरपालिका १६ छाहारी चोकमा प्रदेश नम्बर २०३-००१ च ११८८ नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लक्ष्मी श्रेष्ठको छोरा ५ वर्षीय बसिम मियाको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्को दुर्घटन ईलाम, माइजोगमाई गाउँपालिका २ घारेगाउँस्थित सडकमा को १ त ६८९० नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका ५ सोयाङ बस्ने ५० वर्षीया मनमाया राईको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

त्यसै गरी सुनसरी, कोशी गाउँपालिका ३ स्थित सडकमा प्र।३-०१-०२४ च ४२६७ नम्बरको गाडीले को ५ प ७९१६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रमधुनी नगरपालिका १ सैनिमैनी बस्ने २४ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय रोहित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरी बाँके, नेपालगंज उपमहानगरपालिका १० गणेशमान चोकमा बा १४ च १३८७ नम्बरको गाडीले भे ८ प ७८०४ नम्बरको मोटरसाइकल र एक साईकललाई आइतबार राति ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय अर्जमान ईद्रिसीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक र साईकल चालकको सोही नर्सिङहोममा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese