no comments

कास्कीमा १९ सहित गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना पुष्टि

पोखरा, ४ असोज / गण्डकी प्रदेशमा आइतबार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकीका ३ जिल्लाका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीका पोखरा महानगरपालिकामा १८ जना र माछापुच्छे गाउँपालिका १ जना, लमजुङ सुन्दरी बजारका १५ जना र तनहुँका एक जनामा कोरोना संक्रमण देखिएको शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा ३ हजार ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म २ हजार ६८ निको भएर घर फर्किएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese