no comments

पोखरामा ११ सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

पोखरा, १ भदौ / गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगँ गण्डकी प्रदेशमा १ हजार ७ सय ५६ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिकामा ११ जना, नवलपुरको विनयत्रिबेणी, लमजुङको दोर्दी, तनहुँ व्यास, बागलुङ, र स्याङजाको पुतलीबजारका एक एक जनामा कोरोना संक्रमण देखीको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखराको वडा नम्बर १६ का १ जना पुरुष, ९ का एक जना महिला र एक जना पुरुष, वडा नम्बर ७ का एक जना पुरुष र एक जना महिला, वडा नम्बर १७ का ८७ बषिय पुरुष, वडा नम्बर २७ का १ जना महिला र २ जना पुरुष, वडा नम्बर ३० का एक जना पुरुष र वडा नम्बर ४ का एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ५० जनामा कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese