no comments

प्रभु पे एपबाट घरमै बसेर पोखरा महोत्सवको टिकट लिन पाइने

पोखरा, २१ पुष/ एघारौ पोखरा महोत्सवको टिकट घरबाटै लिन पाइने भएको छ । आगामी पुषको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा युनाईटेड क्लवको आयोजनामा हुने ११ औ संस्करणको पोखरा महोत्सवको टिकट घरबाटै काटेर महोत्सव स्थल पुग्न सक्नेछन ।

जसका लागी महोत्सव आयोजक संस्था युनाईटेड क्लवका सदस्य तथा महोत्सव टिकट ब्यवस्थापन उपसमिति संयोजक पूर्ण कुमार श्रेष्ठ र डिजिटल अनलाईन टिकेटिङ पार्टनर प्रभु टेक्नोलोजीका जनरल म्यानेजर बिक्की शाही बीच सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको छ ।

श्रेष्ठका अनुसार महोत्सवमा कोभिडलाई मध्येनजर गरी टिकट काउण्टरमा हुने भीड कम होस भन्ने उद्देश्यले डिजिटल प्रविधीबाट प्रभु पे को एपबाट महोत्सवको टिकट घरबाटै काट्ने ब्यवस्था मिलाइएको वताए ।

महोत्सवमा आउने दर्शकले प्रभु पे को एप डाउनलोड गरी इभेन्टमा गएर पोखरा महोत्सवमा क्लिक गरी अनलाईन टिकट काट्न सक्ने प्रभु पेका गण्डकी प्रदेश बजार पष्मुक महादेव अधिकारीले वताए । अनलाईन टिकट संगै महोत्सवमा आउने दर्शकले प्रभु टेक्नोलोजी अन्तर्गतको कि ओस मेसिनबाट महोत्सव स्थलमा समेत टिकट सजिलै लिन सक्ने छन ।

त्यसैगरी दर्शकहरुले आफ्नो नजिकको प्रभु पे को शाखा तथा एजेन्ट आउटलेटहरु, प्रभु म्यानेजमेन्ट सहकारी नेटवर्क र प्रभु पे मर्चेन्टबाट समेत टिकट काट्न सकिने प्रभु पेका गण्डकी प्रदेश बजार प्रमुख महादेव अधिकारीले वताए ।

प्रभु पे ले विभिन्न मेला महोत्सव तथा इभेन्टमा अनलाईन टिकटिङको काम पनि गर्दै आइरहेको छ । गण्डकी प्रदेशको प्रभु पे सपोट कार्यालय पोखरा जिरो किलो मिटरमा रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese