no comments

पोखरामा डाक्टरका परिवार र कार्पेन्टरलाई कोरोना संक्रमण

पोखरा, २० साउन / पोखरामा पछिल्लो विवरण अनुसार अहिले सम्म १ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९० निको भएर घर फर्किसकेका छन् ।

कास्की जिल्लामा अहिले सम्म १ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । केही दिन अगाडी पोखराको मणिपाल अस्पतालमा कार्यरत डाक्टरमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई मात्रै हैन उनका परिवारका अन्य दुई सदस्यलाई पनि कोरोना संक्रमण देखिएको छ ।

पोखरा महानगरपालिका ४ मा बस्दै आएका डाक्टरका परिवारमा दुई जनामा कोरोना संक्रमण भेटिएको पछि उनीहरुलाई आइसोलेसनमा लगिएको पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बाँस्तोले जानकारी दिए ।

दुई जनालाई आइसोलेसन लगिए पनि अन्य परिवारका सदस्यहरु होम क्वारेन्टिनमा रहेका छन् । त्यसै गरी पोखरामा पर्साबाट आएर कार्पेन्टरको काम गर्ने एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

पर्साबाट आएर छुटै कोठामा बसेपनि उनी काम गर्ने गएका थिए । उनी सगँ सम्पर्कमा आएकाहरुलाई होमक्वारेन्टिनमा राखीएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये १ हजार ३ सय ४८ जनालाई निको भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese