no comments

पोखरा १० मा कुकुरको ब्यबस्थित गरेर पालन तालिम

पोखरा, १० साउन / पोखरा महानगरपालिका वडा नं १० पोखरा औधोगिक क्षेत्र संगै रहेको अन्नपूर्ण मार्ग ए टोल विकास संस्था पोखरा १० को आयोजनामा कुकुर व्यवस्थित गरेर पालन तालिम दिएको छ । भेटनरि अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कास्कीको प्रबिधिक सहयोग र वडा नं १० को समन्वयमा एक कार्यक्रमको आयोजनामा कुकुरको ब्यबस्थित पालन सम्बन्धी १ दिने अभिमुखीकरण तालिम भएको हो ।

कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष राज कुमार गुरुङ्गको प्रमुख अतिथिमा ब्यानरमा हस्तान्तरण गरि कार्यक्रमको उद्घघाटन गरे । उनले पोखरामै पहिलो पटक कुकुर ब्यबस्थित पालन सम्बन्धी तालिम दिने कार्य गरि आफ्नो टोल मात्रै नभै वडा संगसंगै नगरलाई नै सचेतना जगाउन अग्रसर भएकोमा धन्यबाद दिए ।

पोखरा महानगरपालिकाले कुकुरको ब्यबस्थित पालन गर्न र नगर पालिका र वडा संग समन्वय र कुन टोलमा क कस्ले कुकुर पालेका छन् । वडामा दर्ता गराउने र त्यस्ता कुकुरलाई बर्षको १ पटक रेबिजलको भ्याक्सीन निःशुल्क लगाउने ब्यबस्था मिलाउने ब्यबस्था मिलाईने बताए । कुकुर पार्कहरुलाई सचेत रहि बाताबरण सफा रहने गरि पाल्नुहुन अनुरोध गर्नुहुँदै सफलताको कामना गरे ।

अभिमुखीकरण तालिममा पोखरा औधोगिक क्षेत्र उधोग संघका अध्यक्ष सुरेस कुमार श्रेष्ठ, हिमाल आमा समूहका अध्यक्ष पूर्ण देबी गुरुङ्ग, संकल्प आमा समूहका अध्यक्ष गोमा रायमाझी, सस्थाका सल्लाहकार र चेतनशिल आमा समूह का पदाधिकारी र टोल बासीहरु करिब ८० जनाको सहभागिता रहेको थियो ।

अभिमुखीकरण तालिममा भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कास्कीका कार्यालय प्रमुख डा. शोभा शर्माले समयानुकूल कुकुर लगाएतका घर पालुवा जनावरको बिषयमा प्रशिक्षण दिए । कुकुरमा हुने रेबिज रोग र त्यसको असर र रोकथामका बिषयमा प्रशिक्षण दिनुहुदै उनले कुकुरलाई जथाभाबी दिसा नगराउनुहुन अनुरोध गरे ।

बाटोमा कुकुरलाई डुलाउदा अनिबार्य मजल लगाएर डुलाउनु पर्ने र दिसा गरेमा कुकुर धनीले सफासंग उठाएर लैजानुपर्ने साथै कुकुरलाई एन्टिबायोटिक रेसिटेन्ट ब्याक्टेरियाहरू कुकुरको दिसा मार्फत पानी तथा अन्य सागसब्जिमा संक्रमण गरेमा त्यस्ता पानी र सागसब्जी सेबन बाट एन्टिबायोटिक रेजिस्टेन्टका असर भयाबह हुनसक्ने बताए ।

उनले फित्तेजुका, गोलो जुका तथा अंकुसे जुकाहरू कुकुरको दिसामा आएर बातावरण भयाबह भएमा खाने कुराबाट मानिसमा पनि संक्रमण हुन सक्ने र कुकुरमा हुने अति खतरानाक रेबिजले रोग संक्रमित कुकुरको टोकाईबाट सर्ने बताए । उनले यो रोग लागेमा मृत्यू समेत हुनसक्ने हुदा रेबिजले बिरुध्दको खोप नियमित लगाउनु पर्ने बताए ।

कुकुरको ब्यबस्थित पालन सम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न कार्यक्रममा वडा सदस्य एवं कार्यक्रम संयोजक सम्मर बहादुर श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्नु भएको कार्यक्रममा अन्नपूर्ण मार्ग ए टोल विकास संस्थाका अध्यक्ष मदन कुमार द्वाको सभापतित्वमा सम्पन्न कार्यक्रम टोल विकास संस्थाका सचिव बिन प्रसाद गुरुङ्गले संचालन गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese