no comments

२० औं संस्करणको आहा रारा गोल्डकप माघ ६ देखि

पोखरा, २६ पुष/ सहारा क्लब आहा रारा गोल्डकप आयोजना गर्ने २० औं संस्करणको गोल्डकप माघ ६ गते देखी शुरु हुने भएको छ । १५ गतेसम्म संचाजन हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने सोमबार आयोजीत पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

आहा रारा गोल्डकपको २० औं संस्करणमा उपाधि प्रतिस्पर्धाको लागि अमेरिकम क्लब नेपाल आईपुगेको छ । अमेरिकन टोली बुद्धिष्ट युथ सकर क्लब(बीवाईएससी) नेपाल आईपुगेको हो ।

अमेरिकन क्लबसँगै डिफेण्डिङ च्याम्पियन संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपीएफ कलब, मनाङ मस्र्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा कलब, त्रिभुवन आर्मी क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ठ खेलाडीलाई अप्रिला स्कुटर प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन हङकङ निवासी देव गुरुङले गरेका छन् ।

कोरोना त्रासकै बीचमा आयोजना गरिने फुटबल प्रतियोगिताको लागि प्रशासनसँग सहकार्य गरेरै अघि बढ्ने क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले बताए । १६ हजार ५ सय सिट क्षमताको प्यारापिटमा आधा क्षमतामा मात्रै दर्शक राखेर प्रतियोगिता सञ्चालन गरिने उनले सुनाए ।

हिमश्री फुड्सको मुख्य प्रायोजन हुने प्रतियोगितामा उत्कृष्ट विधाको पुरस्कार प्रायोजन भने केसी परिवारले गरेका छन् । सुर्यबहादुर केसी स्मृति बेष्ट फरवार्ड, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट मिडफिल्ड, बेष्ट प्रशिक्षक प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमै मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका किरण केसीले सहारासँगको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै युवा पुस्तालाई अघि बढाई समृद्धिको लागि एकेडेमीलाई सहयोग गरिएको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese