no comments

पोखराका विभिन्न ठाउँमा तीन जनाको मृत्यु

पोखरा, १५ माघ/ पोखराका विभिन्न ठाउँमा तीन जनाको मृत्यु भएको छ । कास्की प्रहरीले दिएको जानकारी अनुसार पोखरा १३, १५ र २४ मा गरी तीन जनाको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका १३ आर्वा अमलचौर स्थित सडक छेउमा ५५ बर्षिय दधिराम परियार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरी पोखरा महानगरपालिका २४ कास्कीकोट स्थित वडा कार्यालय अगाडी रहेको पोखरीमा २८ बर्षिय विश्वरञ्जन तिमिल्सिना मृत फेला परेका छन् ।

त्यसै गरी पोखरा महानगरपालिका १५ पट्नेरी स्थित तारा थापा मगरको १ तले ब्लकले बनेको कच्ची घर भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ ।

ब्लकको ढिस्को खस्न जाँदा सोही घर भत्काउने ज्यामी काम गर्ने ४२ बर्षिय गोपी आचार्य घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगेका थिए ।

डाक्टरले चेकजाँज गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese