no comments

पोखरा पर्यटन परिषद्द्धारा पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम

पोखरा १२, चैत/ पर्यटन क्षेत्रलाई थपव्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई दुई दिने डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया तालिम प्रदान गरेको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने बताए ।

पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिसाली माध्यम बन्दै गएको बनाउँदै यसको सहीसदुपयोग गरेर फाइदालिनु पर्ने उनको भनाई छ ।

प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने जनाउँदै भण्डारीले प्रविधि मैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिन व्यवसायीलाई आग्रह गरे ।

प्रविधिले आमन सामने भएर गरिने कति कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पुर्याउने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले सहभागीको उल्लेख्य सहभागिताले व्यवसाय प्रति व्यवसायी चिन्तित देखिएको बताए ।

परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्रीबनाएर गुणस्तरीय सेवा प्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताए । उनले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमलागिरीले विश्वको जुनसुकै स्थान बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धनका लागि सैद्धान्तिक व्यहारिक ज्ञान हासिल गर्न सफल भएको बताए ।

तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुल डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासा सहित सहभागीता जनाएको बताए ।

उनले फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उनको भनाई थियो । सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिकला बढ्न सकने बताए ।

देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका थिए ।

संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरुका तालिममा सहभागिता रहेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese