no comments

पोखराबाट स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानको घोषणाः संयोजकमा कृष्ण प्रसाद जैशी

पोखरा, १५ पुष/मुलुकमा जारी राजनीतिक प्रक्रिया प्रति असन्तुष्टि जनाउदै पोखराबाट स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानको घोषणा गरिएको छ । बाग्लुङका कृष्ण प्रसाद जैशीको संयोजकत्वमा घोषणा गरिएको उक्त अभियानले उन्नत लोकतन्त्र सहितको वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता औल्याएको छ ।

अभियान घोषणार्थ पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक जैशीले विपन्न वर्गका नागरिकहरुको आधारभुत आवस्यकता र जनजिविकाको पक्षमा सहजता प्रदान गर्ने खालको नेपाली माटो अनुकुल स्वचालित राज्य व्यवस्था लागु गर्नुपर्ने बताए ।

लोकमा चलिरहेको अराजक र भ्रमपुर्ण राजनीतिको शिकार कयौन पुस्ता भएको उल्लेख गर्दै जैशीले यसको परिणामका रुपमा दक्षिण एसियाको १ नम्बरमा भ्रष्टाचारको टिका लगाउनु परेको बताए ।

संयोजक जैशीले दलगत स्वार्थबाट माथी उठ्नु पर्ने बताए । उनले राष्ट्र राष्ट्रियता र जनजिविका भन्दा ठुलो केही हुन नसक्ने उनले दावी गरे । नेपाली जनतालाई सधैभरि प्रयोगको साधान बनाउने व्यवस्था आफुहरुका लागि स्विकार्य नहुने उनले बताए ।

मुलुकको आर्थिक उत्पादन र वितवरणको गलत अवस्था, जमिनको अस्वाभाविक खण्डकीकरण लगायतका तमाम् विकृति र राजनीतिक अराजकताको विरुद्ध एकाकार भएर नागरिक चेतना अभिवृद्धिका लागि संठगित आन्दोललनमा होमिले उनले बताए ।

अभियानका सल्हाकार नारायण विक्रम शाहीले पनि मुलुकमा पालैपालो कहिले कांग्रेस त कहिले कम्युनिष्टहरुले शासन गरेपछि जनताको आधारभुत जिवनमा परिवर्तन ल्याउन नसकेका कारण नयाँ अभियानको शुभारम्भ गर्नु परेको बाध्यता सनाए ।

अभियान नेपालको ७७ जिल्ला र २५ देशमा फैलिएको छ । उक्त अभियानमा सक्रिय र निष्क्रिय गरि हालसम्म १० हजार भन्दा बढि नागरिकहरु आवद्ध भएका दावि अभियान्ताहरुको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese