no comments

पोखरा र नवलपुरमा कोरोनाबाट एक/एक जनाको मृत्यु

पोखरा, १८ भदौ / बिहीबार गण्डकी प्रदेशको कास्कीको पोखरा र नवपुरमा एक÷एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा ६ का ३७ वर्षे पुरुषको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका ६ का ती पुरुष संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजै आएर आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

बिहान ५ः२० बजे अस्पताल ल्याइपु¥याइएका ती पुरुषको साँझ ५ः५० मा मृत्यु भएको उनले बताए ।

त्यसै गरी नवलपुरका एक कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । गैंडाकोट नगरपालिका २ का ३७ वर्षे पुरुषको दिउँसो मृत्यु चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

हेपाटाइटिस र मृगौला पीडित उनी गत ९ भदौमा अस्पताल पुगेका थिए । १० भदौमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । सहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

कास्कीका ५, गोरखा र तनहुँका ३/३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ । गण्डकीमा कोरोना संक्रमितको संख्या २३ सय १२ पुगेको छ । तीमध्ये १७ सय ६६ संक्रमित निको भएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese