no comments

कोरोनाबाट पोखरामा थप १ जनाको मृत्यु

पोखरा, २२ असोज / पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट बिहीबार बिहान १० बजेर ४३ मिनेट जाँदा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

उनलाई असोज १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । सोही दिन साढे ३ बजे उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मृतक पुरुष हाइपरटेन्सन, डाइबेटिज्, तथा मृगौलाको रोगबाट ग्रसित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका उनी ११ औं संक्रमित रहेको प्रतिष्ठानले जानकारी दिएको छ । गण्डकी प्रदेशमा ३५ जना मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese