no comments

सामुदायिक वन गण्डकी प्रदेश परिषद काहुँडाँडामा

गण्डकी, २ चैत/ सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको प्रथम परिषद यही चैत ७ गते पर्यटकीय स्थल काहुँडाँडामा हुने भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ११ स्थित काहुँ अन्तर्गतका १० वटा सामुदायिक बन समूह एवम् विभिन्न संघसंस्थाको आज सम्पन्न संयुक्त बैठकले काहुँको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वासका साथ प्रदेश परिषद गर्ने निर्णय गरेको हो ।

परिषद भव्य, सभ्य र व्यवस्थित रुपमा सम्पन्न गर्न नारायण प्रसाद आचार्य संयोजक तथा सोमनाथ आचार्य, खेमराज आचार्य, हिराबहादुर के.सी., नन्दलाल आचार्य र गिरधारी बराल सदस्य रहनु भएको भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ ।

बैठकले मञ्च व्यवस्थापनमा सूर्यबहादुर कार्की, प्रचार प्रसारमा कुमार बहादुर क्षेत्री, खानेपानीतर्पm ईन्द्रबहादुर खत्री, स्वागतमा अम्विका आचार्यलाई संयोजक तोकेको छ ।

प्रदेश अन्तर्गतका ११ जिल्लाबाट चैत ६ गते आउने पाहुँनालाई साँझ एकै स्थानमा खानाको व्यवस्था गर्ने र एक आपसमा अनुभव साटासाट र आत्मियता अभिवृद्धिका लागि प्रत्येक उपभोक्ताले घरघरमा आवासको व्यवस्था गर्ने भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।

“घरघरमा पाहुना राख्दा तारे होटलको सुविधा हुँदैन परिषद्मा सहभागिलाई हाम्रो घरमा जे जस्तो व्यवस्था छ त्यसैले स्वागत गर्ने छांै” उहाँले भन्नुभयो, “आमन्त्रित पाहुनाले पनि त्यसलाई सहजरुपले लिनु हुने विश्वास छ ।”

काहुँडाँडास्थित ढकमक्क फुलेको लालिगुँरास सहित काहुँ धरहराबाट आँखाको नजिकै देख्न सकिने अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृखलाको दृश्यावलोकनसँगै पर्यटकीय नगरी पोखराको रमणीय दृश्यले आगन्तुक पाहुँनालाई स्वागत गर्ने प्रचार प्रसार समितिका संयोजक कुमारबहादुर क्षेत्रीले बताउनुभयो ।

बैठकमा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य एवम् प्रचार प्रसार संयोजक हरिप्रसाद बास्तोला, प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ, पोखरा ११ का वडासदस्य मिनबहादुर गुरुङ, महासंघ कास्की कोषाध्यक्ष अम्विका आचार्य सो क्षेत्रका दश वटै सामुदायिक वन समुहका पदाधिकारीको सहभागिता रहेको थियो ।

परिषदमा प्रदेशका ११ जिल्ला अन्तर्गतका ८० स्थानीय महासंघ, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश समिति, जिल्ला महासंघ सहित कूल दुई ५० जनाको सहभागिता रहने महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिनुभयो ।

TechSansar.com - Technology Navigator website for Nepalese