no comments

पोखरामा थप ८ जनामा कोरोना संक्रमण

पोखरा, ३१ साउन / पोखरामा शनिबार दिउसो थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १, १४, २७ मा २/२ जना, वडा नम्बर १० र १७ मा १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनीहरु १८ देखी ४० बर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । पोखरामा शनिबार विहान ३ जनामा देखिएको थियो भने गण्डकी प्रदेशमा १० जनामा देखिएको थियो । यो सगँ कास्की जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ७ पुगेको छ ।

त्यसै गरी तनहुँको भानुमा दुई जना पुरुष, बागलुङको बाग्लुङ र बडिगाड एक/एक पुरुष गोरखामा एक महिला र स्याङजाको पुतलीबजार एक पुरुषमा संक्रमण देखिको उनले जानकारी दिए ।

तनहुँमा अहिले सम्म २ सय १२, बागलुङमा २ सय ६५, गोरखामा १ सय १७, स्याङजामा २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ७ सय जनामा कोरोना देखिएको छ । त्यस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ९३ जनामा निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese