no comments

पत्रकार उमा आलेलाई मातृ शोक, विभिन्न संघसस्थाले शोक व्यक्त

पोखरा, ३० माघ/ पत्रकार उमा आलेलाई मातृ शोक परेको छ । आलेकी आमा शोभा आले मगरको ५० वर्षको उमेरमा उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बुधबार राति निधन भएको हो ।

उहाँ जण्डिसबाट पीडित हुनुहुथ्यो । पोखरा महानगरपालिका वडा नम्बर १५ निवासी उहाँका श्रीमान, २ छोरी र १ छोरा हुनुहुन्छ । प्रेस संगठन कास्कीले एक शोक विज्ञप्ति निकालेर कार्यसमिति सदस्य उमा आलेकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रेस संगठन कास्कीका संयोजक माधव बरालले जारी गरेको शोक विज्ञप्तिमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । विज्ञप्तिमा यस दुखत् घडीमा उमा आलेमगरसहित शोक सन्तप्त परिवार जनामा हार्दिक समवेदना प्रकट गरिएको छ ।

त्यसै गरी प्रेस संगठन कास्कीकी सदस्य आलेको माताको निधनप्रति प्रेस संगठन कास्कीले दुःख व्यक्त गरेको छ । प्रेस संगठन कास्कीका सहसंयोजक सन्देश श्रेष्ठले एक शोक विज्ञप्ती जारी गर्दै स्वर्गिय आमा आलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शोक विज्ञप्तिमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उमा आलेमगरसहित शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese