no comments

लेखा समितिमा दीपक मनाङेको स्पष्टीकरण, जता पनि भ्रष्टचार

पोखरा, १३ साउन / अघिल्लो महिना अर्थ तथा विकास समितिका सदस्यबाट राजीनामा दिएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले लेखा समितिमा स्पष्टीकरण दिएका छन् ।

संसदीय समितिको प्रभावकारिता नभएको आरोप लगाउँदै उनले राजीनामा दिएका थिए । सोमबार गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिमा उनले स्पष्टीकरण दिए ।

उनले खेलकुद क्षेत्रमा देखिएको भ्रष्टाचार, आफ्नो निर्वाचन क्षेत्रमा मनपरी भएको काम र बजेट फस्र्यौटमा गरिएको अनियमितताबारे लेखा समितिलाई जानकारी गराए ।

उनका अनुसार पिसाङ घ्यारु सडक स्तरोन्नतीका लागि विनियोजित ७५ लाखमध्ये पूरै रकमको विल काटेर उपभोक्तालाई ६३ लाख मात्रै दिएको र फर्युङ उकालो सडक मर्मतका लागि विनियोजित ३० लाखको पनि पूरै विल काटेर १९ लाख मात्रै दिएको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने दुईवटा विद्यालयमा सामाजिक विकास मन्त्रालयबाट दिने भनेको ९ लाख रुपैयाँ नदिएको पनि उनको राजीनामाको अर्को कारण बताए । सामाजिक विकास मन्त्रीले ५ लाख र ४ लाख परेको जानकारी दिए पनि पछि नदिएको बताए । उनले मन्त्री र नेताहरुकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाए ।

मनाङेले सार्वजनिक लेखा समितिलाई आफुले दिएका कागज र प्रमाणका आधारमा छानवीन गरी कारबाहीको दायरामा ल्याउन माग गरे । उनले ब्लक उद्योग चलाउन दर्ता भएको कम्पनीले क्रसर चलाएको आरोप लगाए ।

सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले सांसद गुरुङले दिएका प्रमाणका आधारमा अनुगमन गर्ने र आवश्यक परे कारबाहीका लागि निर्देशन पठाईने बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese