no comments

पोखरामा ५० जना सहित गण्डकी प्रदेशमा ९० जना कोरोना

पोखरा, २९ भदौ / गण्डकी प्रदेशमा सोमबार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका ५४ जना, तनहुँमा १८ जना, लमजुङमा ३ नवलपुरमा ४ गोरखामा ९ र बागलुङको बडीगाड २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा अस्पतालमा उपचाररत विरामी, स्वास्थ्यकर्मी, प्रहरी र विदेशबाट फर्केकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङकाबाट पहिचान भएको शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले सम्म संक्रमितको सख्या ३ हजार ६४ पुगेको छ । हालसम्म १ हजार ८ सय ८६ जना निको भइसकेका छन् । गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese