no comments

पोखरामा कोरोनाको यूके भेरिएन्ट

पोखरा, २ बैशाख/ पोखरामा पनि कोरोनाको यूके भेरिएन्ट देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपाल सहित १३२ देशमा कोरोनाको यूके भेरिएन्ट (बी.१.१.७) देखिइसकेको छ ।

यो भेरिएन्टबाट संक्रमितमा जटिलता देखिने, अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने जोखिम रहेको डब्लूएचओले जनाएको छ । पोखरामा संकलिन १७४ नमुनामध्ये १०५ नमुनामा यूके भेरिएन्ट पाइएको छ ।

यो भेरिएन्ट देखिएकामध्ये ५१ जना १० देखि १४ वर्ष उमेर समुहका छन् । नयाँ भेरिएन्टबाट संक्रमितहरू ४० वर्षभन्दा मुनिका रहेकाले समयमै सतर्कता नअपनाए रोगको जटिलताले अस्पतालले थेग्नै नसक्ने अवस्था आउन सक्ने विज्ञको भनाई छ ।

पछिल्लो समय संक्रमितमा नयाँनयाँ भेरिएन्ट देखिएसँगै नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘नेपालमा कोभिडको दोस्रो लहर सुरु भइसकेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सरदर ४ हजार नमुनामा ६ सय पोजिटिभ केस देखिन थाल्यो, यो दोस्रो लहर सुरु भइसकेको संकेत हो ।’ पहिलो लहरको दाँजोमा दोस्रो लहर बढी खतरनाक देखिएको विज्ञहरूको भनाइ छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese